श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको नाफा १ करोड ६ लाख
१ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रकाे उत्पादनमूलक कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आर्थिक वर्ष २०८३/२०८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा १४.९२ प्रतिशत बढी हाे । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ९२ लाख ७४ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल राजस्व बढेर ५४ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४२ करोड ४९ लाख रुपैयाँ रहेको थियो। बिक्री लागत ४७ करोड ७८ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा ६ करोड ४० लाख रुपैयाँ कायम भएको छ। कम्पनीले सञ्चालन मुनाफा २ करोड ४६ लाख रुपैयाँ कायम भएकाे छ। साे अवधिसम्ममा कम्पनीकाे वित्तीय खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ भने कम्पनीको करपूर्वको मुनाफा १ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ६३ करोड १२ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १४ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५ पैसा रहेको छ।
प्रकाशित मिति : November 17, 2026 at 2:32 pm












