१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबुराम चन्द पक्राउ

१९ साउन, गुल्मी । छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मदाने गाउँपालिका-१ अग्लुङ बस्ने २० वर्षीय बाबुराम चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चन्द र सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त बोहराबीच शनिबार राति मादक पदार्थ सेवन गर्ने क्रममा सामान्य बिवाद भएपछि चन्दले बोहरालाई खुकुरी प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले चन्दलाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइते बोहारालाई स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल तम्घास हुँदै लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2019 at 3:08 pm