७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तनहुँमा यात्रुवाहक बस भिरबाट खस्यो

१९ साउन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्। नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार घाइतेको अवस्था सामान्य छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : August 4, 2019 at 12:56 pm