७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

१९ साउन, बेझाड  ।  पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार राति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । आज बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले जानकारी दिए ।

फाइल फाेटाे

सडक अवरुद्ध भएपछि बुटवल, तानसेनबाट रामपुर आउँदै गरेका र रामपुरबाट तानसेन, बुटवल, मित्याल, लुवालगायतका स्थानमा जाने सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । वैकल्पिक रुपमा तानसेन बुटवल आवतजावत गर्न साना सवारी साधनका लागि वरभञ्ज्याङ रातमाटा मोटरबाटो चालू रहे पनि ठूला सवारी साधन भने यही बाटो भएर गुड्ने हुँदा गन्तव्यमा निस्केका यात्रु समस्यामा परेका छन् ।

प्रकाशित मिति : August 4, 2019 at 12:37 pm