विप्लव समूहद्धारा प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी(विज्ञप्तिसहित)
१८ साउन, कैलाली । नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ । कैलाली बर्दगोरिया–१ का कुँवरलाई विप्लव समूहले आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो ।

प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो । विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।
हेर्नुहाेस् विज्ञप्तिः

प्रकाशित मिति : 15:25









