१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

नेपाल ट्रष्टको सम्पत्तिको संरक्षणका लागि पहिलो पटक अध्यक्ष नै निरीक्षणमा (फोटोफिचर)

१७ साउन, काठमाडाैँ । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत काठमाडौंमा रहेका आधा दर्जन स्थानमा रहेका सम्पत्तीको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रवार निरीक्षण गर्नुभएको छ । ट्रष्टको अध्यक्ष समेत रहनुभएका पोखरेलले जग्गा जमिनलगायतका सम्पत्तीको संरक्षणबारे जानकारी लिनुभएको हो ।

ट्रष्टको जिम्मेवारीमा आएपछि पोखरेलले सम्पूर्ण जमिनको संरक्षणबारे चासो व्यक्त गर्दै स्थलगत रुपमा निरीक्षण गर्नुभएको हो । उहाँले महाराजगन्ज स्थित निर्मल निवास अगाडि रहेको घर र जग्गा, लाजिम्पाट तथा दरवारमार्गमा ट्रष्टको सम्पत्तीको निरीक्षण गर्नुभएको थियो । त्यस्तै, सोल्टीमोड स्थित तिन स्थानमा रहेको ट्रष्टको सम्पत्ती तथा टेकुमा रहेको घर र जमिनको संरक्षणबारे स्थलगत रुपमै अध्ययन गर्नुभएको थियो ।

उहाँले स्थलगत अध्ययनका क्रममा टेकु र छाउनीस्थित नेपाल ट्रष्टको नाममा रहेको सम्पत्तिको समेत जानकारी लिनुभएको थियो । नेपाल ट्रष्टको अध्यक्षले स्थलगत रूपमै सम्त्तिको बारेमा जानकारी लिएको यो पहिलो पटक हो । ट्रष्टको अध्यक्षको जिम्मेवारी बहन गरेपछि केही समय अघि उपप्रधान एवं रक्षामन्त्री पोखरेलले गोकर्णमा रहेको सपत्तिको समेत अवलोकन गरेका थिए । शुक्रबारको स्थलगत अवलोकन कार्यक्रममा ट्रष्टको कार्यालयका सचिव गजेन्द्र ठाकुर, सदस्य सचिव राजेश्वर ज्ञवाली लगायतका ट्रष्ट्रका पदाधिकारीले जग्गाको बारेमा अवगत गराएका थिए ।

प्रकाशित मिति : 22:25