१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

स्थानीय, प्रदेश र केन्द्रको उपनिर्वाचन मंसिर १४ गते शनिबार एकै दिन गर्ने निर्वाचन आयोगको निर्णय

१७ साउन, काठमाडाैँ । स्थानीय तहका, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उप निर्वाचन मंसिर १४ हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तहका, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उप निर्वाचन आगामी मंसिर १४ गते एकै दिन गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख-१, गाउँपालिका अध्यक्ष-३, गाउँपालिका उपाध्यक्ष-१, गाउँपालिका तथा नगरपालिकाका वडा अध्यक्षा ४१, प्रदेशसभा सदस्य-३, प्रतिनिधिसभा सदस्य-१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुनेछ ।  मितिको घोषणा भएसँगै अायोगले निर्वाचनको तयारीलाइ तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति : 20:02