७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भक्तपुरकाे सूर्यबिनायकमा १२ वर्षीय किशोरले गरे आत्महत्या

१६ साउन, भक्तपुर । भक्तपुरकाे सूर्यबिनायकमा १२ वर्षिय एक किशोरले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका -७ गुण्डुका राजु खतिवडाका १२ वर्षिय छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेकाे प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा सन्देशका बुबाले देखेर मध्यपुर अस्पताल लगेक प्रहरीको भनाइ छ ।

उनलालई अस्पतालमै चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टहमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : August 1, 2019 at 10:55 am