९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

राजपा संयोजक महन्थ ठाकुरकाे स्वास्थ्य अवस्था खतरामुक्त

४ वैशाख, काठमाडाैँ ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उहाँका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिए ।

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताए । संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत गएका थिए  ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार ०५:५९