७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

यसरी भएकाे रहेछ तमिल सुपरस्टार विजयको मृत्यु

१५ साउन, काठमाडाैँ । तमिल सुपरस्टार विजयकाे सामाजिक संञ्जालमा मृत्यु भएकाे छ । ट्वीटरमा उनी मरेको भन्दै ट्वीटगरेर रिप पाेस्ट एक्टर विजयु ट्वीटहरू भएपछि उनकाे मृत्यु भएकाे हल्ला फैलिएकाे हाे । सामाजिक संजालमा सोमबार फैलिएकाे याे हल्लाकाे  सिकार भएका हुन् तमिल सुपरस्टार विजय । सुरूमा यसबाट धेरै झुक्किए तर पछि थाहा भयो खबर त झुट रहेछ। त्यसपछि विजयका फ्यानहरू आक्रोषित भए र सोप्रति उनीहरूले आफ्नो असन्टुष्टि र रोष प्रकट गरे।

उनहरूले यसको खुलेर ट्वीटरमा प्रतिकार गरे। यो खबर खासमा विजयलाई मन नपराउनेहरूले चलाएका रहेछन् । यस हल्लाबाट दुःखी विजयका फ्यानहरूले विजय सहि र फिट रहेको ट्वीट गरेका छन्। सो ह्यासट्याग करिब ५० हजार बढि पटक ट्वीट भएको छ। यसबाट निराश भएकाहरूले सो ह्यासट्याग हटाउनुपर्ने माग समेत गरे। यस हल्लाले ट्वीटर केहि समय गर्माए पनि हाल सो शान्त भएको छ।

प्रकाशित मिति : July 31, 2019 at 12:53 pm