पूर्वपश्चिम राजमार्गमा दुर्घटना परी मोटरसाइकल चालकको मृत्यु
१५ साउन, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ ।
प्रकाशित मिति : July 31, 2019 at 10:54 am









