७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

१२ लाखकाे सुपारी दिएर आमाको हत्या गर्ने छोरीसहित ४ जनालाई थुनामा राख्न अदालतको आदेश

१४ साउन, भक्तपुर । भक्तपुरको चाँगुनारायण ७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा सावित्रा भट्टराईकाे हत्या गरेका छाेरीसहित चारै जनालाइ जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्यामा संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिएका छन् ।

हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइसलाई प्रहरीले पक्राउ गरेको थियो । १२ लाख रुपैयाँ मा सुपारी दिएर प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर भाडामा प्रयोग गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : July 30, 2019 at 9:32 pm