७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

धितो राखेको जग्गा बिक्री गर्ने सहयोगी विकास बैंकका सञ्चालक दिपेन्द्रकाे नाममा पक्राउ पुर्जी जारी

१४ साउन, जनकपुर । सेवाग्राहीले बैंकमा धितो राखेको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जनकपुरस्थित सहयोगी विकास बैंकमा धितो राखेर यादवमार्फत व्यक्तिगत रुपमा ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

केही वर्षभित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले सो जग्गा फिर्ता लिनका लागि बैंकलाई ७३ लाख रुपैयाँ भुक्तानी गर्दा समेत उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक दिपेन्द्रकमार यादव दिपुमाथि मुद्दा दायर गरेका थिए ।

पीडित लालबाबु रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँ बेचेका थिए । पीडित रौनियारले पटक–पटक बैंकमा गएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बैंकले बेवास्ता गर्दै आलटाल गरेपछि उनले अदालतमा मुद्दा दिएका थिए ।

 

प्रकाशित मिति : July 30, 2019 at 8:14 pm