७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

डिउटीमा खटिएका प्रहरीलाई ३० हजार घुस दिन खोज्ने रञ्जन दास पक्राउ

१४ साउन, काठमाडौँ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका १८ वर्षीय रञ्जन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : July 30, 2019 at 1:30 pm