७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

काठमाडौँ बूढानीलकण्ठका थापाकाे हत्या गर्ने एक महिलासहित दुई पक्राउ

१४ साउन, चितवन ।  चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो ।

शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 30, 2019 at 10:17 am