१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

माधव नेपालका सुरक्षाकर्मीलाई बालुवाटार प्रवेशमा रोक !

३ वैशाख, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ । सोमबार साँझ नेकपा एमालेको स्थायी समिति बैठकमा भाग लिन गएका नेपालको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा गाडीलाई बालुवाटारको दुई नम्बर गेटमा रोकिएको हो ।

बा २ झ ३६० नम्बरको गाडीलाई प्रधानन्त्री निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले रोकेका हुन । गाडी रोकेपछि सशस्त्र प्रहरी र जनपद प्रहरीको बीचमा केहबेर भनाभन समेत भएको थियो । सशस्त्र प्रहरीको सुरक्षाकर्मी माथि निवासमा खटिएका सुरक्षकर्मी जाइलागेपछि केहीबेर असामान्य स्थिति उत्पन्न भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार २१:०८