७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भावुक ‘नोट’ लेखेपछि विद्यार्थीद्वारा आत्महत्या प्रकरणः शिक्षक हरिलाल जोशीविरुद्ध जाहेरी

१३ साउन, काठमाडौं । भावुक ‘नोट’ लेखेपछि विद्यार्थीद्वारा आत्महत्या प्रकरणमा नाेटमा नाम उल्लेख गरिएका शिक्षक हरिलाल जोशीविरुद्ध परिवारले जाहेरी दिएका छन् ।  कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीको कक्षा १२ मा अध्ययनरत् सुरज लेखकले शिक्षकलाई दोष देखाउँदै आत्महत्या गरेका थिए । कञ्चनपुरका किशोरले सुसाइड नोटकाे सुरुवातमै ‘मर्नुको कारण’ भनेर  एकेडेमीका ‘प्लस टु कोअर्डिनेटर’ हरिलाल जोशीको नाम लेखेका थिए ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले परिवारले आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा शिक्षकविरुद्ध जाहेरी दिएकाे बताएका छन् । अहिले घटना प्रारम्भिक चरणमै भएकाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने वा के गर्ने भन्ने टुंगो लागि नसकेको उनले बताएका छन् ।

प्रकाशित मिति : July 29, 2019 at 6:49 pm