७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एक घरबाट १३ लाख चोरी गर्ने पक्राउ

१३ साउन, विराटनगर । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताउनुभयो । कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।

प्रकाशित मिति : July 29, 2019 at 4:44 pm