७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तनहुँमा चितुवाको आक्रमणबाट बालक घाइते

१२ साउन, तनहुँ । भानुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन् । आज घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट छ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन् । स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनलाई उपचारका लागि चितवन लगिएको छ ।

प्रकाशित मिति : July 28, 2019 at 9:50 pm