२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

माछा मार्ने ९ जनाकाे समूह पक्राउ

१२ साउन, वालिङ । चापाकोट– ५ गिलाङस्थित ज्याग्दीखोलामा माछा मार्ने नौ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझको समयमा सलाइको काँटीमा प्रयोग हुने बारुदजस्तो देखिने प्लाष्टिकको डोरीले बेरेको माछा मार्न प्रयोग हुने विष्फोटक पदार्थ एक थानसहित नौ जनालाई नियन्त्रणमा लिईएको स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार पक्राउ पर्नेहरु सबै चापाकोट नगरपालिका– ३ का हुन् । पक्राउ पर्नेमा राजेन्द्र हमाल, प्रदीप थापा, दीपेन्द्र थापा, सागर हमाल, खिमबहादुर मल्ल, सुनिल कुँवर, खेम थापा, प्रवेश हमाल र हेमलाल थापा रहेका छन् । पक्राउ परेका नौ जनालाई नै नियन्त्रणमा लिई आज स्याङ्जा जिल्ला अदालतबाट ‘विष्फोटक पदार्थ सम्बन्धी कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : July 28, 2019 at 9:47 pm