७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि कांग्रेस नेता श्रेष्ठले साताैँ तलाबाट हाम फालेर गरे आत्महत्या

१२ साउन, काठमाडौँ । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रेसका नेता युक्तप्रसाद श्रेष्ठलाई अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले छानिबन दायरामा ल्याएपछि माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आईतबार आत्माहत्या गरेका छन् ।  बालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्नता रहेको भन्दै अख्तियारले श्रेष्ठलाई छानबिनकाे दायरामा ल्यायकाे थियाे ।

केही बर्षपहिले नै जागिरबाट अवकाश पाएका उनी पर्वत कांग्रेसका नेता समेत हुन् । मलको सातौँ तलाबाट हामफाल्ने बितिक्कै अस्पताल लगिएको तर अस्पताल पुर्याउने वितिक्कै उनलाई डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति : July 28, 2019 at 8:08 pm