७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

अस्ट्रेलियामा कार दुर्घटनाहुँदा २ नेपाली विद्यार्थीकाे मृत्यु, ३ घाइते 

१२ साउन, काठमाडौं  । अस्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । १५ जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न हिँडेकामा एउटा कार दुर्घटना हुँदा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारीकाे मृत्यु भएकाे द नेप्लिज भ्वाइसले समाचार छापेको छ ।

 शनिबार साँझ स्नोइ माउन्टेन हिउँ खेल्न जाने क्रममा विद्यार्थीहरू चढेकोे एउटा कार कोमाको मोनारो हाइवेमा दुर्घटना भएको हो ।
घाइते तीन जना विद्यार्थीहरू मध्ये अस्वीन कँडेलको अवस्था सामान्य रहेको र उनी कोमा हस्पिटलबाट डिस्चार्ज भईसकेका छन् ।

प्रकाशित मिति : July 28, 2019 at 6:04 pm