काठमाडाैँकाे माछापाेखरीमा रहेकाे हिमालय सिटी सेन्टरको छतबाट खसेर एक जनाको मृत्यु
साउन १२, काठमाडाैँ । काठमाडाैँकाे माछापाेखरीमा रहेकाे सात तले किनमेल केन्द्रकाे छतबाट खसेर आइतबार एक जनाको मृत्यु भएकाे छ ।
माछापाेखरीमा रहेको हिमालय सिटी सेन्टरको छतबाट खस्दा पर्वतका ५४ वर्षिय युक्तप्रसाद क्षेष्ठको मृत्यु भएकाे प्रहरीले जनाएको छ । सिटी सेन्टरको छतबाट खसेका श्रेष्ठको नयाँ बजारस्थित पिपुल्स् अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएकाे हाे ।
प्रकाशित मिति : July 28, 2019 at 5:31 pm









