परराष्ट्रमन्त्री ज्ञवालीको चीन यात्राः तातोपानी नाका सञ्चालन प्रमुख प्राथमिकता
३ वैशाख, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका खुलाउने विषय आफ्नो चीन भ्रमणको प्रमुख प्राथमिकता रहेको बताएका छन । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्ञवालीले तातोपानी नाका खुलाउने विषयमा कुरा हुने र छिटैनै प्रगति समेत हुने विश्वास व्यक्त गरे ।
उनले तातोपानी नाका नेपालका लागि महत्वपूर्ण भएको र अरनिको राजमार्ग आसपास व्यापार गरेर बस्ने हजारौं नागरिकको भविष्यसँग जोडिएकाले सरकारले गम्भीर पलह गर्ने बताए । मन्त्री ज्ञवालीले आफ्नो चीन भ्रमणमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताए । ज्ञवालीले देउवा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुंगो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नहुने दाबी गरे ।
प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १८:१६