७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एकैसाथ दुर्इ युवासँग प्रेम सम्बन्ध राख्दा पूर्णिमा बिकको हत्याः प्रहरी

३ वैशाख, काठमाडाैँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो ।

परिसरले आज पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका (लिभिङ टुगेदर)मा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १६:३०