नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने दोर्ची शेर्पा गोंगबुबाट पक्राउ
साउन १०, काठमाडौँ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । सो संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका -९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

शेर्पामाथि प्रहरीले बम विष्फोटको घटनामा मुख्य योजनाकारको भूमिका निभाएको आरोप लगाएको छ । उक्त घटनामा परेर सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए । घाइते हुनेहरुमा कुमार खत्री, प्रतिक्षा खड्का, उरुषा मानन्धर रहेका थिए ।
प्रकाशित मिति : July 26, 2019 at 9:36 pm









