७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

५ हजार घुस लिने नेपाल विद्युत् प्राधिरकणका फोरमेन अविलाल विष्टविरुद्ध मुद्दा दायर 

९ साउन, काठमाडाैँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले फोरमेन विष्टलाई केही दिन पहिले आयोगले पक्राउ गरेको थियो । विष्टले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आयोगको आरोप छ ।


यस्तै आयोगले शिक्षा समन्वय एकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्रकुमार देवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काभ्रेको एक विद्यालयको भवन निर्माणको प्रमाणपत्र दिलाउने प्रयोजनका लागि रु एक लाख ५० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले इन्जिनियर देव र सहयोगीका रुपमा रहेका धनवीर भगत र निरजकुमार चौधरीले गलत कार्यमा प्रोत्साहित गरेको तथा घुस मागेको भन्ने अभियोग लागेको छ । आयोगले आरोपी तिनै जनालाई बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।

प्रकाशित मिति : July 26, 2019 at 7:04 pm