३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

खुमबहादुर खड्काको निधनपछि स्थगित कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ७ मा

३ वैशाख, काठमाडाैँ । पार्टी नेता खुमबहादुर खड्काको निधनपछि अनिश्चितकालका लागि स्थगित भएको नेपाली कांग्रेसको बैठक यही वैशाख ७ गतेका लागि बाेलाइएको छ ।

विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको हाे । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १६:१८