स्कुल बसबाट चालक कसौधनसहित नक्कली नोट र लागुऔषध बरामद
१ साउन, कपिलवस्तु । कपिलवस्तुमा एक स्कुल बसबाट नक्कली नोट र लागुऔषध बरामद गरिएको छ । जिल्लाकाे मायादेवी गाउँपालिका वडा नम्बर–१ चाकरचौडाबाट गाडी चालक २६ वर्षीय देउकी नन्दन कसौधनसहित नोट र लागुऔषध बरामद गरेकाे हाे ।

पिपराबाट चाकरचौडातर्फ आउंदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ्ग स्कुल बसको टुल बक्सबाट नक्कली जस्तो देखिने ५ सय दरका ८८ थान र १० पुरिया खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
प्रकाशित मिति : July 26, 2019 at 3:10 pm









