अविरल वर्षासँगै आएको बाढीले दुहबीका १५ घर बगायो
१० साउन, मोरङ । अविरल वर्षासँगै आएको बाढीले सुनसरीको दुहबीका १५ बगाएको छ । बुढीखोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण दुहबी नगरपालिका –४ मालहट्टीमा १० घर र वडा नम्बर १ को मुसहर बस्तीका ५ घर बगाएको हो ।
बाढीका कारण ३० वटा घर उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बुढीखोला र टेङग्रा खोलाको संगम स्थलमा रहेको घरहरु बाढीले बगाउन थालेपछि स्थानियलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए ।
प्रकाशित मिति : July 26, 2019 at 2:53 pm









