७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

अविरल वर्षासँगै आएको बाढीले दुहबीका १५ घर बगायो

१० साउन, मोरङ । अविरल वर्षासँगै आएको बाढीले सुनसरीको दुहबीका १५  बगाएको छ । बुढीखोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण दुहबी नगरपालिका –४ मालहट्टीमा १० घर र वडा नम्बर १ को मुसहर बस्तीका ५ घर बगाएको हो ।

बाढीका कारण ३० वटा घर उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बुढीखोला र टेङग्रा खोलाको संगम स्थलमा रहेको घरहरु बाढीले बगाउन थालेपछि स्थानियलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए ।

प्रकाशित मिति : July 26, 2019 at 2:53 pm