७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

ट्रकले ठक्कर दिँदा चितवनबाट धादिङ जादै गरेको बस कुरिनटारमा दुर्घटना

१० साउन, चितवन । चितवनको कालिका नगरपालिका-६ खोलेसिमल बजारबाट धादिङ जाँदै गरेको बस दुर्घटना भएकाे छ । ना६ख २८९५ नम्बरको सो बसलाई काठमाडाैँबाट आएको ट्रकले ठक्कर दिएर दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।

फाइल फाेटाे

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा बिहान करिब ८ बजे भएको दुर्घटनामा घाइते हरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।घाइते सबैको अबस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : July 26, 2019 at 1:19 pm