७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

विदेशकाे अपरिचित नम्बरबाट आएको कल नउठाउन दूरसञ्चार प्राधिकरणकाे आग्रह

१० साउन, काठमाडाैँ । मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ । प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन र  त्यस्ता नम्बरबाट आएको मिस्डकलमा कलब्याक समेत नगर्न पनि सचेत गराएको छ ।

विदेशबाट आएका अपरिचित नम्बरमा कलब्याक गर्दा ठगिने सम्भावना हुने प्राधिकरणले जनाएको छ । Wangiri Scam (One Ring Scam) भनिने यस्तो मिस्डकल विगतमा पनि देखिने गरेको र अहिले पनि देखिन थालेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई रोकथामको लागि पनि निर्देशन दिएको छ ।

प्राधिकरणले त्यस्ता अपरिचित नम्बरबाट फोन र मिस्डकल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना [email protected] वा [email protected] मा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : July 26, 2019 at 12:32 pm