७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

चारदिनदेखि खोल्सामा खसेर अलपत्र परेका किशाेरकाे सकुशल उद्वार

१० साउन, पोखरा । चारदिनदेखि खोल्सामा खसेर अलपत्र परेका किशाेरकाे सकुशल उद्वार गरिएकाे छ । पोखरा महानगरपालिका–१६ स्थित छोरेपाटन, सितल चौतारी निवासी सुमित्रा सुनारका १६ वर्षीय छोरा अञ्जन सुनारलाई प्रहरीले बिहीबार उद्वार गरेको हाे ।

खोलामा माछा मार्न गएका किशाेर खाेल्सामा खसेको र प्रहरीलाई ढिलो जानकारी भएका कारण उनकाे उद्धार ढिलाे हुन सकेकाे प्रहरीले जानकारी दिएकाे छ । किशाेरकाे खुट्टा भाँचिएको, अशसक्त र बोल्नै नसक्ने अवस्थामा  उद्वार गरी गण्डकी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : July 26, 2019 at 8:41 am