७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

आफुलाई समितिको संयोजक नबनाएकाे भन्दै मेयरविरुद्ध उपमेयरले दायर गरिन मुद्दा

९ साउन, कपिलवस्तु । आफुलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक नबनाएकाे भन्दै  कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी गुप्ताले नगर मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकि छन् । उपमेयर गुप्ताले मेयर किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगर सभालाई विपक्षी बनाएर मुद्धा दर्ता गराउनु गराएकि हुन् ।

उपमेयर गुप्ताले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले कामकारबाही अगाडि बढाएको भन्दै मुद्दा दायर गरेकि हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ६७ मा भएको प्रावधानविपरीत मेयर अघि बढेको र जबरजस्ती नगर सभा सञ्चालन गरेको भन्दै यसको विरुद्धमा आफूले आफ्नो अधिकार हनन भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको उपमेयर गुप्ताले बताउनुभयो ।उपप्रमुख गुप्ताले पाँचौँ नगरसभाको निर्णयलाई कार्यान्वयन नगराउन उच्च अदालतसमक्ष माग राखेकि छन् ।

प्रकाशित मिति : July 25, 2019 at 8:54 pm