७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

दक्ष जनशक्तिको खाँचो छः मन्त्री पुन

९ साउन, चिप्लेढुङगा । सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभएको छ । महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ तालीम समापनमा मन्त्री पुनले सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्तिको खाँचो रहेको बताउनुभएको हो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले क्षणिक सन्तुष्टिका लागि मात्रभन्दा व्यावसायिक बन्ने सोचका साथ तालीम लिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बराल, १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेल लगायतले एकै व्यक्तिले धेरै तालीम लिने तर त्यसको प्रयोग भने कम देखिने गरको छ भन्दै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।

महिला चेम्बर अफ कमर्सका अध्यक्ष गीता तिवारीले अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न तालीम आवश्यक रहेको बताउनुभयो । तालीममा २५ जना विपन्न वर्गका महिला सहभागी थिए ।

प्रकाशित मिति : July 25, 2019 at 3:37 pm