७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँका खड्कबहादुरकाे मृत्यु

९ साउन, दमौली । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

प्रकाशित मिति : July 25, 2019 at 8:05 am