परिक्षामा सहयाेग गर्छु भन्दै छात्रालाई बन्धक बनाइ ८ दिनसम्म बलात्कार गर्ने शिक्षक पक्राउ
८ साउन, काठमाडाैँ । उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक राकेशकुमार कनौडियाले १४ वर्षीया छात्रालाई ८ दिनदेखि पोखराको द कन्ट्री यार्ड होटलमा बन्धक बनाएर बलात्कार गरेका छन् । परीक्षा सहज हुने र पछि शैक्षिक भ्रमणमा पनि जानु नपर्ने लोभ देखाउँदै पोखरा लगेर उनले छात्रालाई बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीले जनाएका छन् ।

मोरङ विराटनगर घर भएका कनौडियाले छात्राको मोबाइल खोसेको र परिवारसँग पनि सम्पर्क हुन नदिई बन्धक बनाएको डिएसपी केसीले बताए । बालिका हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलासका क्रममा कास्की प्रहरीले उनलाई मंगलबार पोखरामा फेला पारेको हो। बालिकालाई बुधबार परिवारको जिम्मा लगाइएको र आरोपी शिक्षक पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
प्रकाशित मिति : July 24, 2019 at 7:24 pm









