९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ओली–प्रचण्ड भेटवार्ता जारी, प्रचण्डको चित्त बुझाउन के गर्लान ओलीले ?

२ वैशाख, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा हुन लागेको पार्टी एकताको तयारी सुस्त भएको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिमात्र प्रचण्ड आइपुगेको र भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजाईले दैनिकीलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि नमिलेका केही विषयमा छलफल गर्ने गरी बैठक बस्ने सहमति भएपनि दुई अध्यक्षकाबीचमा औपचारिक ढंगले कुराकानी हुन सकेको थिएन । दुर्ई पार्टीका शीर्ष नेता सम्मिलत एकता संयोजन समितिको बैठकल यही वैशाख ९ गते एकता हुने र त्यसका लागि तयारी गर्न भन्दै दुबै पार्टीका मातहतका कमिटीलाई निर्देशन दिएका थिए । यद्यपी एकताको तयारी एकदमै सुस्त देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर दुई पार्टीबीच एकताको टुंगो गरिएको थियो तर तयारी नभएका कारण पार्टी एकता हुनेमा शंका देखिएको छ । पार्टी एकताको बारेमा मिल्न बाँकी विषयमा ओलीको भारत भ्रमण लगत्तै छलफल हुने भनिएपनि हुन सकेको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १०:३६