१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एसईईमा असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर, अब उत्तरपुस्तिका पुनः परीक्षण हुने

८ साउन, काठमाडाैँ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्ने भएको छ । माध्यामिक शिक्षा परीक्षाको नतिजा चित्त नबुझ्ने विद्यार्थीले आफ्नो उत्तरपुस्तिका पुनः परीक्षण गराउन पाउने व्यवस्था सुरू हुन लागेको हो ।यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने व्यवस्था गरिएको अाजको गोरखापत्रमा प्रकृति अधिकारीले सामाचार लेखेका छन ।

परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ । त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए । प्रवेशिका परीक्षामा पुनःपरीक्षणको व्यवस्था नौलो होइन । राणाकालमा पनि यस्तो सुविधा विद्यार्थीलाई प्रदान गरिन्थ्यो । त्यो बखत प्रधानाध्यापकमार्फत ‘परीक्षा नियन्त्रकको कार्यालय’मा ‘पाएको नम्बर दोहो¥याई पाऊँ’ भनी दरखास्त दिनुपथ्र्याे । गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेको समाचार ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०७:२१