५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यौन सम्बन्ध राख्न नमान्दा काठमाडाैँमै ढुंगाले हानेर महिलाको हत्या

२ वैशाख, काठमाडौँ । काठमाडौँको बसुन्धारामा एक महिलाको ढुंगाले हानेर हत्या भएकोछ । टोखा नगरपालिका वडा नम्बर ७, वसुन्धरामा गएराति एक महिलाको हत्या भएको हो ।

प्रहरीले यौन सम्बन्ध राख्न नमान्दा उक्त महिलाको ढुंगाले हानेर हत्या भएको अनुमान गरेको छ । उनको सोमबार बिहानमात्र महिलाको शव भेटिएको हो । उनको अनुहार नचिनिने अवस्थामा छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०९:५९