भारतीय मालवाहक कन्टेनरले किचेर २ को मृत्यु, ३ जना घाइते
७ साउन, मकवानपुर । भारतीय कन्टेनरले किचेर २ को मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सो परेको भारतीय कन्टेनर अगाडि बढाउन खोज्दा पल्टिएर २ जनाको मृत्यु भएकाे हाे । मालवाहक कन्टेनरलाई चुरियामाईको उकालोमा अगाडि बढाउन खोज्दा पछाडि हट्दा अरु थप ५ वटा गाडीलाई ठक्कर दिएको प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

भारतको रक्सौलबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय मालवाहक कन्टेनर साेमबार रातिदेखि बाटाेमै बिग्रिएकाे थियाे । मंगलबार बिहान अगाडि बढाउन खाेज्दा कन्टेनर पल्टिएर प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : July 23, 2019 at 3:14 pm









