६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

गुल्मी पहिरो अपडेट : एकै परिवारका ८ सहित १० को मृत्यु, २ जना अझै बेपत्ता

७ साउन, गुल्मी । गुल्मीकाे सत्यवति गाउँपालिकामा गएकाे पहिरोमा पुरिएर एकै परिवारका ८ सहित १० को मृत्यु भएकाे छ । सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाको वडानम्बर ४ लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ ।

मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।

सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् । सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।

प्रकाशित मिति : July 23, 2019 at 2:19 pm