६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

दैलेखमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

७ साउन, दैलेख । दैलेखमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन् । दैलेखकाे आठबीस नगरपालिका राकमबाट खिड्कीजिउला जाँदै गरेको यात्रुवहाक बस मंगलबार बिहान दुर्घटनाभएकाे हाे । ना ५ ख ७२४३ नम्बरको बस राकमको जिरो प्वाइण्ट नजिकै सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो ।

बस दुर्घटनामा आठबीस नगरपालिका–५ की ३२ वर्षीया दीर्घा माझीको ज्यान गएको प्रहरीले जनाएको छ । ७ जना सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको राकम प्रहरीले जनाएकाे छ ।

राकम स्वास्थ्य चौकीमा सुत्केरी गराउन ल्याइएकी आठबीस नगरपालिका–५ की २१ वर्षीया निर्मला जैसीलाई घर लैजान प्रयोग गरिएको बस दुर्घटनामा परेको हो । सुत्केरी महिलाको पनि घुँडामा सामान्य चोट लागेको र शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : July 23, 2019 at 1:47 pm