६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

अविरल वर्षाका कारण तिनाउ नदीमा पानीको सहत बढ्यो, सर्तकता अपनाउन आग्रह 

७ साउन, बुटवल । अविरल वर्षाका कारण रुपन्देहीका केही क्षेत्र डुबानमा परेका छन् । सोमवार रातिदेखि परेको वर्षाका कारण रुपन्देहीको सैनामैना–२ का झण्डै दर्जन घर डुबानमा परेका छन् भने तिनाउ नदीमा पानीको बहाव समेत बढेको छ ।

तिनाउ नदीमा पानीको बहावले खतराको तह पार गरेकाले नेपाल बाढी सूूचना केन्द्रले नदीको तल्लो तटीय क्षेत्रमा बस्ने वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । केन्द्रले डुबान भइरहने क्षेत्रमा मंगलवार साँझसम्म सर्तकता अपनाउन आग्रह गरेको हाे ।

प्रकाशित मिति : July 23, 2019 at 11:24 am