गुल्मी पहिरो अपडेट : ६ को मृत्यु, २ जना घाइते
७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।
त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।अविरल वर्षासँगै गएकाे पहिराेले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस्ः
-गुल्मीको सत्यवती गाउँपालिकाको भीरकुनामा पहिरोले एउटा गाउँ नै पुरियो, थप विवरण आउँदै
प्रकाशित मिति : July 23, 2019 at 9:54 am









