६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

गुल्मीको सत्यवती गाउँपालिकाको भीरकुनामा पहिरोले एउटा गाउँ नै पुरियो, थप विवरण आउँदै

७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले एउटा गाउँनै पुरिएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालका अनुसार लिंघाको भिरकुनामा रहेको चारवटा घर भएको एउटा टोलले पहिरोले पुरिएको छ । पहिरोकारण भएको क्षतिको बारेमा कुनै विवरण प्राप्त हुन नसकेको पनि उनले बताएका छन ।

यस्तै सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने दुई जनाको उद्धार गरिएको छ । राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । पहिरोकै कारण गुल्मीको रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । तस्बीरः प्रेम ज्ञवालीको फेसबुकबाट ।

प्रकाशित मिति : July 23, 2019 at 9:17 am