१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

रोजगारीका लागि जापान जान जापानमै भाषा तालिम लिएकासँगमात्रै पढ्नुपर्ने

७ साउन, काठमाडाैँ । रोजगारीका लागि जापान जान चाहनेले जापानमै गएर तालिम लिएका प्रशिक्षकसँग भाषा सिक्नुपर्ने भएको छ । जापानले सोमबार श्रम, रोजागार तथा सामाजिक सुरक्षा मन्त्रालयलाइ पत्र लेख्दै जापानमा कम्तिमा एक महिना भाषाको तालिम लिएका प्रशिक्षकबाट भाषा सिक्नुपर्ने प्रस्ताव गरेको छ । मन्त्रालयले जापानको प्रस्ताव अनुसार नेपालबाट भाषा परीक्षाका निम्ति शिक्षक छनाैटको काम गर्ने तयारी गरेको अाजको नागरिक दैनिकमा रूद्र खड्काले समाचार लेखेका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले नेपालमा जापानी भाषा सिकाउने शिक्षकले कम्तीमा एक महिना जापानमा प्रशिक्षण लिनु आवश्यक रहेको योजनासहितको पत्र प्राप्त भएको जानकारी दिए। ‘जापान सरकारबाट आएको पत्रमा नेपालमा तालिम दिने व्यक्तिले कम्तीमा पनि एक महिना जापानमा भाषा तालिम लिएको हुनुपर्ने उल्लेख छ,’ ढकालले नागरिकसँग भने, ‘कुनकुन शिक्षकलाई जापान लैजाने भन्ने कुराको अझै टुंगो लागेको छैन। चाँडै नै यसको विधि र प्रक्रियाबारे छलफल गरी टुंगो लगाउँदैछौं।’

यो पनि पढ्नुहोस्

 

प्रकाशित मिति : July 23, 2019 at 9:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/