१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नेकपा नुवाकोटको इन्चार्जमा महेन्द्रबहादुर पाण्डे, विमला सुवेदीलाई रसुवाको जिम्मेवारी

५ साउन, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लासहित ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको नाम टुंग्याएको छ । जसमा नुवाकोट, रसुवा र धादिङ जिल्लामा पनि इन्जार्ज र सहइन्चार्ज तोकिएका छन । नुवाकोट जिल्लामा प्रभावशाली नेता एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई जिम्मेवारी दिइएको छ । पाण्डेलाई इन्चार्ज तोकिएपनि नुवाकोटमा सहइन्चार्ज तोकिएको छैन ।

पाण्डे सुशील कोइराला नेतृत्वको सरकारका सफल परराष्ट्रमन्त्री हुन । उनी तत्कालीन एमालेका १० जना बाैद्धिक नेताभित्र पर्ने व्यक्ति समेत हुन । नुवाकोटको राजनीतिबाट पछिल्लो समय निष्क्रिय जस्तो देखिएका पाण्डेको इन्चार्जको रूपमा भूगोल केन्द्रीत हुनेभएपछि जिल्लाका नेता कार्यकर्तामा खुशी छाएको छ । कोही जातिय र कोही गुटको संक्रिणतामा रूमलिएका कारण नुवाकोटले एउटा अभिभावक खोजिरहेको थियो ।

पाण्डेले त्यो अभाव पूरा गर्ने नुवाकोटका कम्युनिष्ट नेता र कार्यकर्ताले विश्वास लिएका छन । यस्तै नेकपा रसुवाको इन्चार्जमा नुवाकोटकी विमला सुवेदी र सहइन्चार्जमा रसुवाकै माधव अर्यालले जिम्मेवारी पाएका छन । सुवेदी पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट १ बाट संविधानसभामा निर्वािचित भएकी थिइन । अर्याल रसुवाकै इन्चार्ज रहेका थिए । यस्तै धादिङमा शालिकराम जम्मरकट्टेल इन्चार्ज र खेम लोहनी सहइन्चार्ज भएका छन । लोहनी यसअघि तत्कालीन एमालेको नुवाकोटको इन्चार्ज रहेका छन ।

प्रकाशित मिति : 19:19