यी हुन नेकपाको ७७ जिल्ला र महानगरमा तोकिएका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)
५ साउन, काडमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएसँगै बैठकमा ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जकाे टुंगो लागेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले सार्वजनिक गर्ने पनि पार्टी प्रवक्ता श्रेष्ठले बताएका छन् । पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।





प्रकाशित मिति : 17:41









